काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सयले घट्दै ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तर चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । चाँदीको प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।