तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पौडेलद्वारा निर्माणाधीन बहुप्राविधक महाबिद्यालयको निरीक्षण

मकवानपुर – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माणस्थलनको निरिक्षण गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेल र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालगायतले बिहिबार निर्माणस्थलको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीसँग कामको प्रगतिबारे जानकारीसमेत लिनु साथै निर्माण प्रकृयामा कुनैपनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

गत कात्तिक १९ गते मुख्यमन्त्री पौडेलले महाविद्यालयको शिलान्यास गर्नुभएको थियो । शिलान्यासका क्रममा उहाँले द्रुत गतिमा काम गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभएको थियो ।

बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष दुई हजार पाँच सय प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गर्नु भएको छ । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिशेष चासोका साथ हेरेको बताउनुभयो ।

सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जिवन उपयोगी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

बिविध कारणले लामो समय रोकिएको योजना जतिसक्दो चाँडो सक्न पनि आग्रहसमेत गर्नुभयो ।

शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा निगरानी गर्ने बताउनुभयो । उहाँले ढिलासुस्ती हुन नदिने भन्दै बिहान, बेलुकोका समय मिलाएर निगरानी गर्ने बताउनुभएको थियो । हाल महाविद्यालयको शिलान्यास भएदेखि नै जमिन सम्याएर ‘बेस’ तयार गर्ने काम सुरु गरिएको छ ।

२०६६ साल फागुन ४ गते तत्कालिन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतिकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ ।

भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button