तपाईँ सुन्दै हुनुहुन्छः

‘सबैले देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड’

फाइल तस्बिर

काठमाडौँ – निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रतिबद्धता बमोजिम देश र जनताको हितमा काम गरेको बताउनुभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा मन्त्री विष्टले आफ्नो कार्यकाल मन्त्रालयको सबलिकरण, जनशतिm व्यवस्थापन र आम जनताको जिबन रुपान्तरणका लागि केन्द्रित भएको बताउनुभयो ।

निवर्तमान मन्त्री बिष्टले बैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्मानजनक काम गर्ने बातवरणको सिर्जना र श्रमिकहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता अभिवृद्धिमा आफू सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न पदमा भए पनि नभए पनि सबैले देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव बिनोद के सीले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बढाउन र श्रम ऐनको कार्यन्वयनमा मन्त्री बिष्टले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button