तपाईँ सुन्दै हुनुहुन्छः

कृषि मन्त्री भुषालद्वारा पदभार ग्रहण


काठामाडौँ – नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले पदभार ग्रहण गर्नु भएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुदैँ नवनियुक्त मन्त्री भुषालले परम्परागत कृषिमा अल्झिरहेको श्रमलाई मुक्त गर्नेतर्फ आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री भुषालले कुनै पनि प्रकारको लोभ र डरले आफुलाई प्रभावित गर्न नसक्ने भन्दै कृषि क्षेत्रको सुधारका लागि आफुले सिक्दै र बुझ्दै काम गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button