तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

बर्दिया-  बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

गुलरियादेखि खैरापुर गइरहेको भे४प २७१७नम्बरको डिस्कभर मोटरसाइकल आज बिहान गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित भत्केको पुल नजिकको नालामा पल्टिँदा एक जनाको घटनास्थलमा नै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुर्घटनामा गुलरिया नगरपालिका वडा नम्बर १ का अन्दाजी ३७ वर्षीय राजेश यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button