तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान अस्पतालमा जटिल शल्यक्रिया


सल्यान – सल्यान जिल्ला अस्पताले एक गर्भवती महिलाको जटिल शल्यक्रिया गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा न ५ की ३० वर्षिया झिमी विकको साल बाहिर निस्केको अवस्थामा सफल शल्यक्रिया गरिएको हो ।

साल बाहिर निस्किएको अवस्थामा अस्पताल आएकी वि.क.को पेटमा रहेको बच्चाको मुटुको धड्कन पनि कम भई सकेको अवस्थामा अस्पतालले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ ।

डा. अनुपम घिमिरे, डा. भिमकान्त जैशी र अस्पतालका अन्य स्वास्थ्यकर्मीको शक्रियताले शल्यक्रिया सफल भएको हो ।

शिशु जन्मिनुभन्दा पहिले नै साल निक्लिनु निकै जोखिम हो । यस्तो अवस्थामा गर्भमा रहेको बच्चाको मृत्यु पनि हुन सक्छ । सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए । बाहिर निक्लिएको साल कुनै कारण चुडिएमा अत्याधिक रक्तश्रापका कारण आमाको पनि मृत्यु हुन सक्न उनको भनाई छ ।

दुर्गम गाउँमा रहेका महिलाहरुलाई जटिल प्रकारको सुत्केरी व्यथा लागेपछि ज्यान नै जोखिममा राखेर प्रसुती हुनु पर्ने बाध्यता अहिले पनि छ । सिमित स्रोत र साधनका बिचबाट जिल्ला अस्पतालले गरेको सफल उपचारलाई थप व्यवस्थित गर्न प्रदेश र संघले ध्यान दिए आगामी दिनमा अरु पनि महिलाहरुको ज्यान बच्न सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button