तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपतिको भ्रमण उपलब्धिमूलकः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण उपलब्धिमुलक भएको बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा, सडक सञ्जाल, रेलवे, ऊर्जालगायतका क्षेत्रमा भएका सम्झौता, सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्तिमा कोषेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई कुशल र कसिलो बनाउनुका साथै मुलुकको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपुर्ण कडीका रुपमा स्थापित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button