तपाईँ सुन्दै हुनुहुन्छः

डब्लुसिएलको ट्रफी सार्वजनिक

काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफि सार्वजनिक भएको छ ।

आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरि ट्रफी सार्वजनिक गरेको हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा पाँच टोलीमा पाँच मार्की खेलाडी नेरी थापा, सिता राना मगर, सरिता मगर, इन्दु बर्मा र रुबिना क्षेत्री सहभागि थिए । डब्लूसिएल बुधबार देखि कात्तिक ७ सम्म टियु मैदानमा चल्ने छ ।

जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस रहेका छन् ।

उद्घाटन खेलमा बुधबार क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने छ । विजेता टोलीले ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख रुपैयाँमा पाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button