तपाईँ सुन्दै हुनुहुन्छः

डब्लुसिएलको विजेताले सात लाख पाउने

काठमाडौं । काठमाडौंमा आयोजना हुने ओेमन्स च्याम्पियन्स लिग डब्लुसिएलको विजेताले सात लाख रुपैयाँ पाउने भएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा असोज २९ गतेबाट सुरु हुने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने बताइएको छ ।

कार्तिक सात गतेसम्म चल्ने प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छ भने मार्की खेलाडी र टिमहरुको निधो यसअघि नै गरिसकेको छ ।

यसैबीच, मंगलबार पाँच वटै टिमका मार्की खेलाडीले प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा क्याट क्विन्स र चितवन राइनोज विच प्रतिस्पर्धा हुने भएको छ ।

क्विन्स इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा यो प्रतियोगितामा सहभागिता जनाउने टिममा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन ।

पोखरामा पुरुष क्रिकेटको पोखरा प्रिमियर लिगको आयोजना गरेको क्विन्स इभेन्ट्सले महिला क्रिकेटको प्रर्वदनका लागि पनि यो प्रतियोगिता गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button