तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान व्यवस्था सबैको साझा हो: उपसभापति गच्छदार

विराटनगर।  नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी हो भन्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व छ भन्नुभयो । उहाँले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिँदै काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश गएको बताउनुभयो ।

उपसभापति गच्छदारले नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्तापक्ष र प्रतिपक्षले दायित्व लिनुपर्छ भन्नुभयो । “लोकतन्त्र कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुनेछ”, उपसभापति गच्छारको भनाइ थियो । उहाँले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै अहिलेको सरकार दुई तिहाइ बहुमतको भएकाले विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको चर्चा गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button