काठमाडौं । दशैं सकिएलगत्तै सुनको मूल्य ओरालो लाग्ने क्रम सुरु भएको छ । कोजाग्रत पूर्णिमाको दिन सुन प्रतितोला तीन सयले घटेको थियो ।
सोमबार भने एक सयले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।