तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. केसीले आजबाट अबकाश पाउँदै

काठमाडौं । विगत सात वर्षदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक-पटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले आजबाट सरकारी सेवाबाट अबकाश पाउने भएका छन् । उमेरहदका कारण उनले अनिवार्य अवकाश पाउने भएका हुन् ।

अबकाश पाउने भएपछि डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन् । उनले सोमबार बिहान १० बजे महाराजगंजस्थित त्रिवि शिक्षण अवस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो एजेण्डालाई निरन्तरता दिने विषयमा जानकारी दिने बुझिएको छ ।

डा. केसीले चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए । पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए । उनी वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।

Breaking, स्वास्थ्य

प्रतिक्रिया राख्नुहोस्

Back to top button