तपाईँ सुन्दै हुनुहुन्छः

बसले कारलाई ठक्कर दिंँदा एकै परिवारका ५ घाईते

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्र्तगत सिमलताल नजिक बसले कारलाई ठक्कर दिंँदा कारमा सवार एकै परिवारका ५ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भतपुर महानगरपालिका वडा नम्बर २९ अन्तर्गत सिमलतालमा नारायणगढबाट काठमाण्डौ तर्फ आउदै गरेको ना७ख १७७ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको बा१६च ३५१८ नम्बरको कारलाई आज बिहान ८ बजे ठक्कर दिंदा कारमा सवार चालक सहित ५ जना घाईते भएका हुन । घाईते सबै गैडाकोट वडा नम्बर ५ का एकै परिवार रहेको बताईएको छ । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसका चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button