तपाईँ सुन्दै हुनुहुन्छः

एडिबीद्वारा रणनीतिक साझेदारी योजना सार्वजनिक

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीतिक साझेदारी योजना सार्वजनिक गरेको छ ।

रणनीति अनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले अनुमोदन गरेको नेपाल देशीय साझेदारी रणनीतिले निजी क्षेत्रको नेतृत्वमा उत्पादकत्व वृद्धिमा योगदान गर्ने भौतिक पूर्वाधार निर्माण, प्रभावकारी सेवा प्रवाहमा सर्वसाधारणको पहुँचमा सुधार र वातावरणीय दिगोपन कायम गर्दै प्राकृतिक विपत्तिमा पनि क्षति नहुने पूर्वाधार निर्माणजस्ता तीनवटा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।

नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत गर्ने रणनीतिक साझेदारीको दस्तावेज मनिलास्थित बैंकको प्रधान कार्यालयमा सार्वजनिक गरिएको हो ।

रणनीतिले जलविद्युत् र नवीकरणीय ऊर्जाको विकास, सडक तथा हवाई यातायात, घरेलु, क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय सम्पर्क सञ्जालका निम्ति व्यापार सहजीकरण, उत्पादकत्वको लागत कम गर्नें, वाणिज्य–व्यापार विस्तार, निजी लगानी आकर्षणलाई पनि रणनीतिमा विशेष जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button