तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा सुख्खा पहिरोले लोखिमका २० घर जोखिममा

सोलुखुम्बु, – सोलुखुम्बु अन्तरगत कोशीपारीको थुलुङदूधकोशी गाउँपालिका ९ लोखिममा २० घर सुख्खा पहिरोको उच्च जोखिममा परेका छन् ।

साबिकको लोखिम गाविस वडा नम्बर २ को पाँचेडाडाँबाट सुख्खा पहिरो गइरहेकाले त्यस भन्दा तल रहेको बस्ती पहिरोको जोखिममा परेको वडा अध्यक्ष भुपालसिं राईले जानकारी दिनुभयो ।

वडा अध्यक्ष राइकाअनुसार शुक्रबार दिउसो ३ बजेदेखि सुख्खा पहिरो निरन्तर खसिरहेको छ । पहिरोका कारण तलको बस्तीमा त्रास बढेको उहाँले बताउनुभयो । ठुलो डाडाँ भएकाले पहिरो नरोकिएको अध्यक्ष राईको भनाइ छ । पहिरोले हालसम्म कुनै क्षति नगरेपनि क्षतिको सम्भावना रहेको छ ।

२०७२ सालको भुकम्पका कारण हल्लिएको डाडाँ केही दिनअघिको लगातारको बर्षाले गलेपछि कमजोर भएको डाँडा फुटेर पहिरो गएको उहाँले जानकारी दिनुभयो । पहिरो नरोकिएमा बस्तीलाई सार्ने विकल्प समेत तयार गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button