तपाईँ सुन्दै हुनुहुन्छः

घाँटी रेटिएको अवस्थामा आमाछारीको शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीमा आमाछोरी शंकास्पद अवस्थामा मृत भेटिएक छन् ।

घाँटी रेटिएको अवस्थामा मृत भेटिएको उनिहरुको हत्या हुनसक्ने प्रहरीले जनाएको छ । मृत फेला पर्नेमा त्रियुगा नगरपालिका– ९ चौकीबारी बस्ने बर्ष ३० को शारादा कुमारी चौधरी र उनको छोरी बर्ष ९ को रचना चौधरी रहेका छन् ।

उनीहरुको शव घरको भ¥याङ मुनि भेटिएको उदयपुरका प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढा मगरले बताए । एसपी बुढा मगरका अनुसार घटना शंकास्पद भएकोले घटना स्थल सुरक्षित राखिएको छ ।

अहिले घटना अनुसन्धानका लागि संघीय प्रहरी ईकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याउने काम भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button