तपाईँ सुन्दै हुनुहुन्छः

‘जनकपुर महोत्सव २०१९’ कात्तिक १ गतेदेखि

जनकपुर । आगामी कात्तिक १ देखि ५ गतेसम्म जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको बृहत् व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ हुने भएको छ ।

नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यवसायीको सहभागिता रहने सो महोत्सवमा तयारी पोशाक, छालाजन्य उत्पादन, भान्साका सामग्री, घरायसी सामग्री, अटो मोबाइल्स, पूर्वाधार, वित्तीय संस्थालगायत विभिन्न अति आवश्यक सामग्री उपलब्ध हुने आयोजक संस्थाले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २, सिया इवेन्टस् एन्ड एसोसिएटस् प्रा.लि. र डेली रोलिङ मिडिया एन्ड इवेन्टस् प्रा.लि.ले संयुक्त रुपमा आयोजना गरेको सो मेलामा ७५ वटा कक्ष रहने र एक लाखभन्दा बढी अवलोकनकर्ताको मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button