तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यू

बारा– मिनी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । शुक्रवार राती कबिर ८ः०० बजेको समयमा कलैयाबाट बीरगंज जाँदै गरेको ना ५४ प ५८८५ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको ना ४ ख ८५४४ नम्बरको मिनी ट्रकले ठक्कटर दिदा मोटरसाईकल चालक गैर नगरपालिका वडा नम्बर ६ का राकेश ठाकुरको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा परी गम्भिर घाईते भएका ठाकुरलाई उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यू भएको प्रहरी उपरिक्षक बिकासराज खनालले जानकारी दिनुभयो । उनीसंगै रहेका गौर नगरपालिका ६ कै संजिव ठाकुर र अर्का ना ३५ प ४३९३ नम्बरको गाडीका चालक समेत घाईते भएका र तिनीहरुको नारयणी अस्पतालमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकर ती दुई मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसंनधान भईरहेको प्रहरी उपरिक्षक खनालले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button