तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, कम्तीमा सातको मृत्यु, ५० बढी घाइते

सिन्धुपाल्चोकसिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ ।

न्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीय राजेन्द्र आचार्यले जानकारी दिए ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाकी रहेको डिएपसी काफ्लेले जानकारी दिए ।

स्थानीय राजेन्द्र आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button