तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि दुई अर्ब ७१ करोड अनुदान स्वीकार

काठमाडौँ – मन्त्रिपरिषद बैठकले बिद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले प्रदान गर्ने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको यही असोज १७ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले प्रदान गर्ने २ अर्व ७१ करोड १३ लाख रुपैंया अनुदान स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद बैठकले नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ ।

चालु आर्थिक वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतका ७ वटा आयोजनाका लागि ६० वटा राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्न तोक्ने र साहयक रथी अशोकराज सिग्देल एवं गोकुल भण्डारीलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button