तपाईँ सुन्दै हुनुहुन्छः

भदैया धानको उत्पादनमा १० प्रतिशतले कमी


बारा । समयमा पानी नपरेका कारण बारामा कृषकहरुले लगाएको भदैयाधानमा १० प्रतिशत कमी आउने कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।
समयमा पानी नपार्नाले र किसानहरुले मात्रा भन्दा बढी बिषादी प्रयोग गर्ने गर्दा माटोको उर्वरा शक्ती नाश हुनगएकाले भदैया धानको बालामा चामलको दाना नलाग्दा उत्पादनमा कमी आउने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

बिभिन्न प्रकारको बिषदीको प्रयोग गर्दा उर्वरा शतिm ह्रास भएको हुदा उत्पादनमा स्वाभाविक रुपमा कमी आउछ कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले भन्नुभयो । यसका लागि सम्बन्धीत कृषकहरुको ध्यान जान जरुरी रहेको उहाँको सुझाव छ । गत बर्ष कृषकहरुले ११ हजार ९ सय २५ हेक्कटर क्षेत्रफलमा भदैया धान खेती गरि प्रति हेक्कटर ४ दशमलव ७५ मेट्रिक टनले कुल ५६ लाख ७१ हजार ४ सय २४ मेट्रिकटन भदैया धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

यस बर्ष कृषकहरुले कुल १२ हजार ६ सय हेक्कटर क्षेत्रफलमा भदैया धान खेती गरेक छन् । किसानहरुलाई यत्तिखेर आफनो घरमा धान भण्डारण गर्न भ्याई नभ्याई चटारो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button