तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपतिको आसन्न राजकीय भ्रमण : पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button