तपाईँ सुन्दै हुनुहुन्छः

मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा

धादिङ । मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष झैं यो वर्षपनि असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा आजदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button