तपाईँ सुन्दै हुनुहुन्छः

कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

परासी । कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमूना बनेको छ ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश नं. ५ सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक निकै उत्साहित बनेका छन् ।

प्रदेश नं ५ सरकारले प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको कार्यक्रम पश्चिम नवलपरासी जिल्लाका चार स्थानमा सञ्चालनमा छ ।

चार वर्षसम्म निरन्तर सञ्चालन हुने र प्रत्येक वर्ष नै बजेटसमेत विनियोजन हुँदै आएकाले कृषक उत्साहित भएका छन् ।

कृषकलाई थप प्रोत्साहन गर्न कृषि सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण र बिक्री वितरणमा सहयोग पुर्याउन सूचना केन्द्र सञ्चालनमा ल्याएकोे जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button