तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशुल बन्यो बेलडाँडी फुटबल महोत्सवको च्याम्पियन

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा युएसबी युवा क्लबले हिन्दुहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा पहिलो पटक आयोजना गरेको स्थानीय स्तरको फुटबल प्रतियोगितामा त्रिशुली युवा क्लब च्याम्पियन बनी इतिहास रच्न सफल भएको छ ।
स्थानीय खेलाडीहरुको स्तर वृद्धि संगै प्रोत्साहन गर्ने उद्देश्यले संचालन गरिएको प्रतियोगिताको अन्तिम खेलमा त्रिशुली युनेस्को समाज बेलडाँडी २ र एमबिसन युवा क्लब बेलडाँडी ४ वैवाहा बीचको खेलमा एम्बिसनलाई २।० गोलले पाखा लगाउदै त्रिशुलीले उपाधि जितेको हो ।

बेलडाँडी फुटबल महोत्सव २०७६ को समापन कार्यक्रमका बीच बिजेता टिमले नगद राशी रु. २५ हजार र उपविजेता टिमले रु. १५ हजार, ट्रफी, प्रमाणपत्र, मेडल पुरस्कार हात पारेको युएसबी क्लबका अध्यक्ष बेद प्रकाश ओझाले बताएका छन् । प्रतियोगितमा २० ओटा टिमको सहभागिता रहेको थियो भने खेल नकआउट बिधिबाट खेलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button