तपाईँ सुन्दै हुनुहुन्छः

बिराटनगरमा निशान यात्रा शुरु

बिराटनगर – बिगतका वर्ष जस्तै यसवर्ष पनि मोरङको रंगेली स्थित कालीमन्दिरको आयोजनामा निशान यात्रा २०७६ शुरु भएको छ । प्रत्येक वर्ष बडादशैँको महानवमीका दिन निशान ध्वजा यात्रा प्रारम्भ हुुदै आएको छ ।

बिराटनगर स्थित कालीमन्दिरबाट आज बिहान शुुरु भएको सो धार्मिक यात्रा रंगेलीको कालीमन्दरमा पुुगेर आज अपरान्ह समापन हुुने छ । यात्रामा सहभागी भक्तजनहरु बिराटनगरदेिख २४ किलोमिटर आठ घन्टा पैदल हिडेर अपरान्ह ४ः०० बजे रंगेलीको ऐतिहासिक कालीमन्दीर पुुग्ने गर्दछन ।

ध्वजा पताखासहित कालीमाताको निशान बोकेर सबै समुदायका मानिस यात्रामा सहभागी छन् । सो यात्राले ६ ठाउ बिश्राम लिने जनाइएको छ । रंगेलीको शानसारी माइस्थानमा विश्राम लिएपछि त्याहावाट तिनबजे वाजागाजा झाकीसहितको यात्रा कालीमन्दिर पुुग्ने जनाईको छ ।

सो यात्रामा सहभागी हुुदाँ मनोकामना पुुरा हुुने भएकाले यात्राको महत्व बढदै गएको निशान यात्रा आयोजक समितिका संयोजक मनोज अग्रवालको भनाई छ ।

बिराटनगरस्थित कालीमन्दीरबाट प्रदेश न १ का समाजिक विकास मन्त्री जिवन घिमिरे, बिराटनगर महानगरपालिका प्रमुुख भिम पराजुुली, सांसद शिवकुुमार मण्डल तथा रंगेली नगरपालिकाका प्रमुुख दिलिप बगडिया तथा महानगरपालिका उपप्रमुुख इन्दिरा कार्कीले निशान बोकेर यात्राको शुुभारम्भ गर्नुु भएको थियो ।

तिनवर्ष अयिा केही युुवाले शुुरु गरेको यो यात्राले बिशाल रुप लिदै आएको छ । यात्राको तयारी पुुरा भएको र यात्रमा पाँच हजारभन्दा बढि भक्तजनको सहभागित हुुने संयोजक अग्रवालले बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button