तपाईँ सुन्दै हुनुहुन्छः

‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

भरतपुर  । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जित्नुभएको छ ।

चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जित्नुभएको हो ।

नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उहाँले नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै २५.५० मिनेटमा दूरी पार गर्दै भोजपुरका सविन तामाङ द्वितीय हुनुभयो भने २७.१० मिनेटमा दूरी पार गर्दै जुम्लाका वीरेन्द्र रावल तृतीय हुनुभयो ।

उहाँहरुले क्रमशः रु १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै चौथोदेखि १०औँ स्थान हासिल गरेका सात जनाले नगद रु एक÷एक हजारको सान्त्वना पुरस्कार प्राप्त गरेको नारायणगढ लायन्स क्लबका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टुका द्वितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गर्नुभयो । प्रत्येक वर्ष फूलपातीको दिन खुला शान्ति दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button