तपाईँ सुन्दै हुनुहुन्छः

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ७ जनाको मृत्यू

काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ७ जनाको मृत्यू भएको छ भने २९ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिराहाको लाहानतर्फ जाँदै गरेको बस आज दिउँसो सिन्धुलीको सुनकोसी गाउँपालिका—१ देबिस्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यू र ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका—२६ सुन्दरीबजारमा जिपले स्कुटरलाई ठक्कर दिँदा आज २ जानको मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा महानगरपालिका—२७ आदर्श चोकका २५ वर्षीय हिमाल गुरुङ र सोही ठाउँका २३ वर्षीय रक्ष गुरुङको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका–७, गोकुलपुरमा अटोले पैदलयात्रीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् । जहरेबाट मेहेकुनातर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा गम्भीर घाइते पैदल यात्रु ५२ वर्षिया बैशाखि परियारको उपचार क्रममा भारतको लखनऊमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा सर्लाहीको मलंगवाबाट जनकपूर तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २१ यात्रु घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिनुभयो ।

घाईतेहरुको बर्दिबासको शुभस्वस्तिक हस्पिटलमा र जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button