तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ्ग कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

बागलुङ –बागलुङ कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी हँुदा खाना तथा आवासमा समस्या भएको छ । ५० जना क्षमता रहेको कारागारमा हाल १ सय ४ जना कैदी बन्दी रहेका छन् । ३५ जना पुरुष कैदी बन्दीको क्षेमता रहेको कारागारमा हाल ९२ जना रहेकाले शौचालय पानी आवास खाना लगायतका समस्या देखा परेको कारागारका जेलर मोहन पौडेलले जानकारी दिए ।

यस्तो समस्या महिलाको लागि भने छैन । १५ जना महिला कैैदी बन्दीको क्षमता रहेको मध्य अहिले १ बालिकासहित १२ जना मात्र रहेको जेलर पौैडेलले बताए । कैदीबन्दी क्षेमता भन्दा धेरै छन् जसले गर्दा ब्यवस्थापनमा कठिनाई उत्पन्न भएएको छ जेलर पौडेलले भने, यसको समस्याको समाधानको लागि सम्बन्धीत निकायको ध्यानाकर्षण   गराएका छौ । कारागारका चौकीदार सुर्य नेपालीले खाना पानी आवास लगायत कैदी बन्दीको सुरक्षाको लागि सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताए ।

जेलर पौडेलका अनुसार कारागारको क्षमता बिस्तारका लागि संंघिय सरकार बाट यो बर्ष १ करोड बिनियोजन भएको छ । बिनियोजित बजेट बाट थप भवन निर्माण गरी हाल रहेकोे स्थानमा महिला र नयां निर्माण हुने भवनमा पुरुष कैैदी बन्दी राखिने छ । जेल जिवन बितार्ईरहेका मध्य सबैभन्दा बढि कर्तब्य ज्यान मुद्धा अन्र्तगतकका रहेकोे कारागारले जनाएको छ ।

यसैबिच बागलुङ्ग उद्योग बाणिज्य सघंले बागलुङ्ग कारागारमा रहेका कैदीबन्दीलाई दशँै मान्न भन्दै च्याङ्गा र च्युरा उपहार दिएको छ । सघंंका अध्यक्ष युवराज राजभण्डारीले बिभिन्न कारणले जेल जीवन बिताएपनि उनिहरुलाई सामान्य सुबिधा बाट बञ्चित गर्न नहुने भन्दै च्याङ्गा र च्युरा प्रदान गर्र्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button