तपाईँ सुन्दै हुनुहुन्छः

बडादशैँको अवसरमा मुख्यमन्त्रीको शुभकामना सन्देश

धनगढी  – सुदू्रपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैको अवसरमा प्रदेशबासीमा शुभकामना दिनुभएको छ । आज शुभकामना सन्देश दिनुहुदै मुख्यमन्त्री भट्टले सम्पूर्णमा प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा प्रगतिको कामना गर्नुभएको छ ।

बडादशैले विविधताका बिच एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, भातृत्व कायम गर्न सहयोग पुगिरहोस् मुख्यमन्त्री भट्टले भन्नुभएको छ ।

जनअपेक्षा अनुरुप प्रदेशको दुत्ततर बिकास गर्नका लागि प्राकृतिक स्रोत साधनको परिचालन गरि प्रदेश सरकारले कृषि, जलस्रोत, पर्यटन, जडिबुटीलाई प्राथमिकता दिएर शिक्षा, स्वास्थ्य, रोजगारीको ब्यवस्था गर्न योजनाबद्ध रुपमा अघि बढीरहेको छ शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री भट्टले चाडपर्वलाई खर्चिलो र भड्किलो नबनाई आर्थिक मितब्ययिता सहित बडादशैले सास्कृतिक तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुगोस् भनी शुभेच्छा प्रकट गर्दछु शुभकामना सन्देश उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button