तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिलाई गण्डकी प्रदेश घुम्न निम्त्तो

पोखरा ।  गण्डकी प्रदेशले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई गण्डकी प्रदेश घुम्न निम्त्तो दिएको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको नेतृत्वमा रष्ट्रपति भवन शितल निवास पुगेको टोलीले राष्ट्रपतिलाई गण्डकी प्रदेश घुम्ने निम्त्तो दिईएको हो ।

गण्डकी प्रदेशको निम्त्तो पाउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्राकृति,सांस्कृति,धार्मीक र सहासिक पर्यटनका हिसाबले अत्यान्तै महत्वपूण प्रदेश रहेको बताउनुभयो । उहाँले आफु पनि समय मिलाएर एक पटक गण्डकी प्रदेशका नयाँ पर्यटकीय स्थलहरुमा घुम्न आउने प्रतिबद्धता जनाउनुभयो ।सोही अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन वर्ष सफल पार्नका लागि पूर्वाधारको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालमा थुप्रै पर्यटकीय गन्तव्यहरु भएपनि प्रचार प्रसारको अभावमा पर्यटकहरु पुग्न नसकेको र भएका पर्यटकीय स्थलहरुमा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको भन्दै त्यस्ता पर्यटकीय गन्तव्यहरुको पहिचान गरी पूर्वाधार निर्माणमामा जोड दिन आग्रह गर्नुभएको थियो ।

गण्डकी प्रदेश भित्र थुप्रै पर्यटकीय स्थलहरु रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले एउटा पर्यटकीय स्थलदेखि अर्को पर्यटकीय स्थलसम्म पुग्ने सडकलाई सहज बनाउँन आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० नेपाल भ्रमण वर्ष सँगै छिमेकी पर्यटन वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षको रुपमा मनाउँन लागेको जानकारी गराउँनुभएको थियो ।

आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल पार्नका लागि देशका विभिन्न ठाउँमा पुगेको गण्डकी सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वको टोलीले प्रदेश नम्बर एक, दुई र तीनका मुख्यमन्त्री, त्यहाँका व्यवसायीसँग अन्तरक्रिया गरी काठमाडौं पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो । ‘मन्त्री लम्सालले गण्डकी प्रदेशको कुनै एक पर्यटकीय गन्तव्यको भ्रमण गरेर सरकारको यो अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्री लम्सालले बाग्लुङको कुडुलेमा सुरुङ भित्र निर्माण गरिएको शालिग्राम संग्रालयको उद्घाटन गर्ने गरी यहाँ आउने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button