तपाईँ सुन्दै हुनुहुन्छः

प्राईम लाईभ ईन्सोरेन्सद्धारा साढे ५८ लाख मुत्युदाबी भुक्तानी


                                                        मुत्युबादीको चेक हस्तान्तर गर्दै । तस्बिर : सागर परियार ।

जुम्ला । प्राईम लाईफ ईन्सोरेन्स कम्पन्नीले जुम्लामै पहिलो ठुलो रकमको मुत्युदाबी रकम भुक्तानी गरेको छ । चन्दननाथ नगरपालिका ४ का लक्ष्मी प्रसाद उपाध्यायको २०७५ पुस २४ गते आगलागीमा मृत्यु भएपछि मृत्तक उपाध्यायकी धर्मपत्नी अप्सरा उपाध्यायलाई दुई चरणमा गरी ५८ लाख ५० हजार मृत्युबादी रकम भुक्तानी गरिएको प्राईम लाईफ ईन्सोरेन्स कम्पन्नीका जुम्ला शाखा प्रबन्धक मक्कर शाहिले बताए ।

उनका अनुसार पहिलो चरण अन्तर्गतर २०७४ साल असार १४ गते ३० लाख र बुधबार एक कार्यक्रमका बीच २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरिएको छ । मृत्तक उपाध्यायले २०७४ साल पुस २४ गते धनसागर जीवन बिमा योजना अन्तरर्गत २० वर्षे जीवन बिमा गरेका थिए ।

विमा गरेको एक वर्षमै आगलागीमा परी मृत्यु भएपछि पाँच महिना भित्र ३० लाख विमांक र असोज १५ गते दुर्घटना बिमाको दोब्बर रकम बोनस सहित ५८ लाख ५० हजार मुत्युदाबी भुक्तानी दिइएको प्राईम लाईफईन्सोरेन्स कम्पन्नीका कर्णाली प्रदेश प्रमुख राम बहादुर शाहिले बताए ।

उनका अनुसार हाल सम्म जीवन बिमा अन्तरर्गत २६ जनालाई मृत्युदाबी भुक्तानी गरिएको छ । ३० लाख बिमांक र ३० लाख दुर्घटना दोब्बर रकम तथा १ लाख बोनस सहित पाउने ६१ लख भएपनि छोराको बाल बिमा बापतको ४ लाख कटाएर ५८ लाख ५० हजार दुईचरण मा मृत्युदाबी भुक्तानी गरिएको प्राईम लाईफईन्सोरेन्स कम्पन्नी जुम्लाले जनाएको छ । हाल सम्म करिब एकसय बढिलाई रोजगारी दिएको छ ।

भने सुरक्षित भविष्यका लागि अनिवार्य जीवन बिमा कार्यक्रमलाई गाउँगाउका लिईएका छौ । जिल्ला प्रबन्धक शाहिलेका अनुसार जुम्लामा करिब साढे सात हजार बिमित संख्या रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button