थन्किए उपकरण, समस्यामा बिरामी
बाँके । भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।
बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन ।
अस्पतालमा उपचारका लागि अधिकाँश निमुखा र गरीब बिरामी नै आउने गरेका छन् । मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ । गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गौलापीडित बिरामीहरुको माग छ । भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर ९सिफारिश केन्द्र० का रुपमा लिइने गरिन्छ ।
यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् ।
अरू बिरामी पालो कुररै बसेका छन् । डायलासिस विभागका अनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मिर्गौला रोगीले भेरी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा महङ्गो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन् ।
अहिले हेमोडायलासिस युनिट प्रमुख डा श्रेष्ठले उपचारका लागि आउने बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार बिरामीको चाप बढेको छ, मेसिनको अभाव छ । भएका चारमध्ये दुई मेसिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुई चलिरहेका छन् । उहाँले भन्नुभयो, “चलिरहेका दुईमध्ये पनि एउटा मेसिनले डायलासिस गर्दा पटक–पटक धोका दिइरहेको छ ।”
बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डा श्रेष्ठ बताउनुहुन्छ । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले डायलासिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताउनुभयो ।
समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मिर्गौलापीडितको मृत्यु भइसकेको छ । बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा रुपानन्द अधिकारी बताउनुहुन्छ । मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ ।
मेसिनको अभावमा बिरामीले पालोसमेत पाउन नसकेपछि मिर्गौलारोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मिर्गौलापीडितहरुको माग छ । दिउँसो र बिहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातिमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकताअनुसार जनशक्ति र मेसिनको व्यवस्थापन गर्नुपर्नेमा मिर्गौलापीडितहरूले आवाज उठाएका छन् ।
अहिले दैनिक चार जनाको डायलासिस हुँदै आएकामा सेवाअवधि थप भएपछि डालासिस सेवा पाउने बिरामीको सङ्ख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महङ्गो रकम तिर्नुपर्ने बाध्यता
प्रतिक्रिया राख्नुहोस्