२०७८ साल साउन २० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै

रेडियो नेपाल २०७६ असोज १५ गते १२:१३

डोल्पा । उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ ।

शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताउनुभयो । “उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ, प्रत्येक चार जनाको जाँच गर्दा एकजना पोजेटिभ भेटिन्छ, यसरी प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गए महामारीकै रुपलिने निश्चित छ”, उहाँले भन्नुभयो ।Image result for हेपाटाइटिस बी

यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मानिससँगको हेलमेलका कारण रोग भित्रिएको बताउँदै बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस बी
विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको डा केसीले बताउनुभयो । हेपाटाइटिस बी सङ्क्रमित सर्वसाधारणलाई समेत रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ ।

उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत सङ्क्रमण देखिएको छ । प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको शिविर आयोजक संस्था एकएक पाइला नेपालले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस बीको सङ्क्रमण भेटिएको छ ।

प्राणघातक रोगको रुपमा चिनिने हेपाइटिस बीको पूर्णरुपमा निको पार्ने औषधि हालसम्म नबने पनि असर न्यूनीकरण गर्ने औषधि काठमाडौँमा पाइने बताइएको छ । हेपाटाइटिस बी आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले बताउनुभयो । रासस

सम्बन्धित