तपाईँ सुन्दै हुनुहुन्छः

सामूहिक बलात्कारका चार आरोपी पक्राउ

इटहरी । इटहरीमा एक युवतीमाथी सामुहिक?पमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ परेका छन् ।

धरानबाट बिराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको बसका परिचालक अर्थात कन्टेक्टर नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसको ढोका बन्द गरी इटहरी १० स्थित बिराटनगरलाईनमा जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार घटना राती करीब १० बजे भएको हो । ‘बसका पुरानो कन्टेक्टर नितेश भन्नेले रक्सी समेत खुवाएर ती युवतीलाई मुख थुनेर बलात्कार गरिरहेका रहेछन,’ भण्डारीले भने, ‘बसका स्टाफ तथा अन्य बसका स्टाफह?को समेत मिलेमतो रहेछ ।’ उनले घटनामा संलग्न मोरङ सुन्दरहरैँचा नगरपालिका १२ का ३३ बर्षीय बिकास कसाई, झापा सु?ङ्गा नगरपालिका ४ बस्ने २२ बर्षीय सुरज थापा, सिरहाको लहान नगरपालिका ४ बस्ने २७ बर्षी सुरेन्द्र भुजेल, मोरङ बेलबारी ७ बस्ने आशिष कार्कीलाई पक्राउ गरेको जानकारी दिए ।

उनीह?को जिल्ला अस्पताल इन?वामा स्वास्थ्य परिक्षणको लागि पठाईएको थियो । त्यस्तै, सुमन मग्राती र नितेश घिमिरे फरार रहेकाले उनीह?को खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आरोपीह?ले सडक छेउमै गरेको यो हर्कतबारे स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button