तपाईँ सुन्दै हुनुहुन्छः

कुकुरको टोकाईबाट पचास बढि घाइते

महोत्तरी ।  महोत्तरीमा कुकरको टोकाईबाट पचास भन्दा बढी घाईते भएका छन् । मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढी स्थानीयहरुलाई टोकेर घाइते बनाएको र घाईतेको संख्या बढदै गएको छ । घाईते हुनेहरुमा महिला र बालबालिका बढी रहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल ’एआरभी’ र ’इम्युनोग्लोवलिन इन्जेक्सन’ नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको जिल्ला अस्पताल जलेश्वरले जानकारी दिएको छ । जलेश्वर अस्पतालका डा.मृत्युञ्जय ठाकुरले केही व्यक्तीहरुलाई कुकुरले घाँटीमा टोकेकाले तत्काल भ्याक्सिन लगाउनु पर्ने भए पनि भ्याक्सिन उपलब्ध नरहेको जानकारी दिनुभयो ।

गाउँमा आतंक मच्चाउने कुकुरलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली खटिए पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताउनुभयो । उहाँले कुकुरलाई गोली हान्न निर्देशन दिइसकेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button