तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोबारमा उल्लेख्य सुधार

सुरेन्द्रमणि त्रिपाठी । शेयर बजार परिसूचक नेप्से सूचकले सोमबारको दोहोरो अंकको वृद्धिलाई पच्छाउँदा साताको तेस्रो दिन मंगलबार कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।

सोमबार करीब १७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार १४ करोड रुपैया भन्दा बढीले बढ्दा कारोबार रकम ३१ करोड नाघेको छ ।

मंगलबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा नेप्से सूचक १०.१३ अंकले बढेर ११४५.६९ बिन्दुमा पुगेको छ ।

अघिल्लो दिन सोमबार पनि नेप्से सूचक १०.४२ अंकले बढेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढ्ेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको र २४ वटा कम्पनीको शेयर मूल्य भने यथावत रहको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button