तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणको छनोट खेल नेपालले अस्ट्रेलियासँग खेल्दै

काठमाडौं । सन् २०२२ मा आयोजना हुने कतार विश्वकपको दोस्रो चरणको छनोट खेल नेपालले अस्ट्रेलियासँग खेल्दै छ ।

पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनीज ताइपेईलाई २–० ले पराजित गरेको थियो ।

चाइनीज ताइपेईलाई उसकै मैदानमा पराजित गर्दै तीन अंक जोडेको नेपालले आगामी असोज २३ मा अस्ट्रेलियासँग क्यानभेरामा खेल्ने छ । अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टिमले तयारी पूरा गरेको छ ।

विदेशी प्रशिक्षक योहान कालिनले यस पटक पनि चाइनीज ताइपेईविरुद्ध खेलेको टिम उतार्ने सम्भावना रहेको छ । अस्ट्रेलिया र नेपाल अहिलेसम्म एक पटक पनि भिडेका छैनन् । अस्ट्रेलिया विश्वकप खेलिसकेको टिम हो भने नेपाल दोस्रो चरणको छनोट खेल्दै छ ।

नेपालले अस्ट्रेलियासँग कम्तिमा बराबरी गर्दै एक अंक जोड्ने प्रयास गर्ने छ । चाइनीज ताइपेइविरुद्ध गोल गरेका अन्जन विष्टको प्रदर्शनमा पनि नेपाली टिमले आश गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button