तपाईँ सुन्दै हुनुहुन्छः

हावा भर्ने टयांकी पड्किदा बारामा एकजनाको मृत्यु

वीरगन्ज बाराको सिम्रौनगढ नगरपालिका ७ स्थित सिम्रौनगढ बजारमा फैजुलाह अंसारीले सञ्चालन गरेको मोटरसाईकल वर्कशपको हावा भर्ने टयांकी अचानक पडकिदा अंसारीको घटनास्थलमै मृत्यु भएको छ ।

ट्ंयाकी पडकिदा एक जना गम्भिर घाईते भएका छन । सिम्रौनगढ नगरपालिका वडा नम्बर १० निवासी १७ वर्षिय मेराज आलमलाई मोटरसाईकलको वर्कशप विक्रीका लागि देखाउन बोलाएका अंसारीले हावा ट्यांकी चलाएर देखाउने क्रममा अचानक पडिकएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता रंजितसिंह राठौरले जानकारी दिनुभयो ।

घटनामा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी २३ वर्षिय फैजुलाह अंसारीको ज्यान गएको र वर्कशप किन्न आएका आलम गम्भिर घाईते भएका छन । घाईते आलमको कलैया अस्पतालमा उपचार भईरहेको बारा प्रहरीका प्रवक्तासमेत रहनु भएका राठौरले जानकारी दिनुभयो ।

घटनापछि मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button