तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा बजार अनुगमन तिब्रता

लहान – दशैँ  तिहारलाई लक्षित गरी सिरहामा बजार अनुगमनलाई तिब्रता दिइएको छ ।खाद्य प्राविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको टोलीले अनुगमन गरिरहेको सो कर्यालयका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।

लहानका २४ वटा होटल , मिर्चैयाका ३ वटा किराना पसललमा अनुगमन गर्दा प्रयाप्त मात्रामा गुणस्तरहिन र म्याद गुज्रिएको खाद्य पदार्थहरु भेटिएको उनले बताए ।

भेटिएको गुणस्तरहिन बस्तुहरु स्थानीयबासी , प्रहरी प्रशासनको रोहवरमा नस्ट गरिरहेको छ । म्याद नाघेका बस्तु प्रयोग गरेमा उपभोक्ताको स्वास्थमा प्रतिकुल असर पार्ने भएकोले सबैलाई सचेत हुन उनले आग्रह गरे ।

ईलाका प्रशासन कार्यालय लहानका निमित्त प्रमुख भोजराज खतिवडाका अनुसार चाडपर्वको बेला व्यवसायीले बजारमा सर– सामानको कृतिम आभाव गराई गुणस्तरहिन बस्तु प्रयाप्त मात्रामा बेच्ने गरेकोले म्याद चेक गरी सामान खरिद गर्न सबै उपभोक्ता बर्गमा आग्रह गरे ।

गुणस्तरहिन सामान बिक्रवितरण गरी उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जुनसुकै व्यापारीलाई कानुनले कदापी छोडन नहुने राष्ट्रिय उपभोक्ता मञ्च सिरहा जिल्ला अध्यक्ष रामानन्द गुप्ताले बताए ।

अनुगमनमा ईलाका प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय , शस्त्र प्रहरी कार्यालय , घरेलु तथा साना उधेग लहान, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिधिहरुले गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button