तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वलाई लक्ष्य गरी सिरहामा आजदेखि विशेष सुरक्षा योजना लागू

लहान। चाडपर्वलाई लक्ष्य गरी सिरहामा आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विजयादशमी, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालयले सुरक्षाको विशेष कार्ययोजना लागू गरेको हो ।

सीमादेखि गाउँ, टोल तथा शहरी क्षेत्रमा सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । चाडपर्व अवधिभर लुटपाट, चोरी, तस्करी, सवारी दुर्घटना, पटका तस्करी, कालाबजारी, हिंसात्मक घटना हुन नदिन प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सुरक्षा योजनाअन्तर्गत राजमार्ग क्षेत्र तथा ग्रामीण क्षेत्रमा पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button