तपाईँ सुन्दै हुनुहुन्छः

झापामा विप्लव समूहको बारुद भण्डारमा प्रहरीको छापा

काठमाडौं । झापामा नेत्र विक्रम चन्द (विप्लव) समूहको विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा प्रहरीले छापा मारेको छ । गोदामबाट बारुदजन्य विस्फोटक पदार्थ ठूलो मात्रामा बरामद भएको प्रहरीले जनाएको ।

झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थितमा ठुलो मात्रामा २५ किलो विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा मारेको हो । विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button