तपाईँ सुन्दै हुनुहुन्छः

दशै मनाउनका लागि आठ लाख ३५ हजार बढीले उपत्यका छाडे

काठमाडौं । एक हप्तामा काठमाडौंबाट आठ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् ।  महान चाड बडा दशै मनाउनका लागि घर राजधानी छोडेर सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् ।

यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ हजार ८० वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button