तपाईँ सुन्दै हुनुहुन्छः

मीनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएकोमा ध्यानाकर्षण

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो  । news

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा गएका नेता रिजाल, कांग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुंगा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको कांग्रेसले जनाएको छ ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा. रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएका हुन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button