तपाईँ सुन्दै हुनुहुन्छः

अबको १० बर्षमा गण्डकी प्रदेश गरिबीको रेखाभन्दा माथि उठ्छ : मुख्यमन्त्री गुरुङ

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अबको १० बर्षमा सबै जनता निरपेक्ष गरिबीको रेखाभन्दा माथी उठ्ने बताउनु भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले बागलुङको बुर्तिबाङमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै गण्डकी प्रदेशलाई जलबिद्युतकै बिकास बाट धनी बनाउने बताउनुभयो ।

गण्डकी प्रदेशमा औधोगिक क्षेत्र नभएको र त्यसको लागि पनि काम सुरु भएको र सबै बिकासको काम लक्ष्यसहित तय गरिएको बताउनुभयो । ढोरपाटनमा अध्ययन गरिएको उत्तरगंगा जलाशय युक्त जलबिद्युत आयोजना प्रदेश कै नमुना आयोजना हुनेसमेत उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले नेपाली काँग्रेस लोकतन्त्रको लागि लडेपनि मुलुकको बिकास र लोकतन्त्रको रक्षाको बिषयमा कहिल्लै सोच्न नसकेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ क्षेत्र नं. २ का सांसद तथा नेकपा नेता देबेन्द्र पौडेलले सरकारले दिर्घकालिन लक्ष्यका साथमा काम गरिरहेको बताउनु भएको छ । प्रशिक्षण कार्यक्रममा बागलुङ पश्चिमका ढोरपाटन, बडिगाड, तमानखोला र निसिखोला गाउँपालिकाका अगुबा नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button