तपाईँ सुन्दै हुनुहुन्छः

बसले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु

घोराही – दाङको घोराही बजारमा आज बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्युभएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

घोराही १४ बालमन्दिर चोकमा रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको हो भने अर्का गम्भीर घाईते भएका हुन् ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका १५ अदालत नजिकै घर भएका १७ बर्षिय प्रदिप जिसीको मृत्यु भएको हो । दुर्घटना लगत्तै अस्पताल पुर्याएका जिसीलाई चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुर्घटनामा घोराही १५ थारु गल्लीका १७ बर्षिय सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते चौधरीलाई  राप्ती स्वास्थ्य प्रतिष्ठानमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाई छ ।

बसका चालक भने दुर्घटना लगत्तै फरार भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button