तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा प्रहरीको निधन

इलाम –मोटरसाइकल दुर्घटनामा परी इलाममा प्रहरीको निधन भएको छ । शनिबार दिउसो भएको दुर्घटनामा इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित नेपाल प्रहरी बिटका इन्चार्ज असई रवि मगरको निधन भएको हो ।

इलाम नगरपालिका –२ सुम्बेकको छाँगेखोलामा मोटरसाइकल दुर्घटना हुदाँ ४८ वर्षे मगरको घटनास्थलमै मृत्यु भएको वडा–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताउनु भएको छ ।

मगर गाउँमा झगडाको सूचना आएकाले बा २ बा २२८८ नम्बरको मोटरसाइकलको पछाडिपट्टि बसेर त्यसतर्फ जाँदै गर्दा मोटरसाइकल कच्ची सडकबाट झन्डै ५० मिटर खसेको हो । मोटरसाइकल चालक रामसेवक मोची भने सामान्य घाइते छन् ।

इनपा–५, बरबोटेको रामजानकी मन्दिरबाट खानीमार्ग हुँदै सुम्बेकतर्फ जाँदै गर्दा प्रहरीद्वय दुर्घटनामा परेको जनाइएको छ ।

शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button