तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक बर्षमा १७ सय ९४ जनाद्वारा गर्भपतन

अछाम–अछाम जिल्लामा गत आर्थिक बर्षमा १ हजार ७ सय ९४ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५/०७६ मा १७ सय ९४ जनाले गर्भपतनको सेवा लिएका हुन ।

औषधी तथा औजार मार्फत निःशुल्क रुपमा सेवा लिएका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो । जिल्लामा दुई अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र तथा ११ वटा स्वास्थ्य संस्था मार्फत सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा संचालन भईरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय अछामबाट एक सय ८० जनाले सेवा लिए भने बयालपाटा अस्पतालमा मात्र ६ सय ९९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । जसमा ५ सय १० जनाको औषधी मार्फत र २६ जनाको औजार मार्फत सुरक्षित गर्भपतन गरिएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताउनुभयो ।

यस्तै बाहिरबाट गर्भपतन अपूर्ण भएर आएका १ सय ६३ जनाले पनि बयालपाटा अस्पतालबाट सेवा लिएका उहाँको भनाई छ । सेवा लिईसकेका मध्ये ९६ प्रतिशतले हाल आएर अस्थायी साधनको प्रयोग गरिहेका आईपास नेपालका उपेन्द्र कुवँरले जानकारी दिनुभयो ।

“अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” भन्ने नाराका साथ याे बर्ष पाँचौ सुरक्षित गर्भपतन दिवस समेत मनाईएकाे छ ।

स्वास्थ्य सेवा दिर्नेशक डाक्टर गौचनले पछिल्लो समयमा महिलाहरुमा सुरक्षित रुपमा गर्भपतन सेवा गराउनु पर्छ भन्ने मानसिकताको विकास भएको बताउनु भयो । पहिले धेरै महिला दिबिहिनीहरुले घुरेलु जडिबुटी लगायतका विभिन्न असुरक्षित बिधि अपनाएर गर्भपतन गराउने जसले गर्दा स्वास्थ्यमा समस्या आउने र थप उपचार हुन नपाँउदा धेरैको अकालमा ज्यान गएको बताउनुभयो ।

आईपासको प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय अछामको सहयोगमा जिल्लामा कार्यक्रम प्रभावकारी बन्दै गएको आईपास नेपालका अछाम संयोजक उपेन्द्र कुवँरको भनाई छ ।

परिवार नियाेजनका साधनकाे प्रयाेग भन्दा पनि गर्भपतन गराउने प्रचलन भने बढी रहेकाे जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाको भनाइ छ । “गर्भपतनलाई परिवार नियाेजनकाे साधनका रुपमा लिने गरेकाे र पटकपटक गर्भपतन गराउनाले महिलाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेकाे छ ।” मंगलसैन नगरपालिका स्वास्थ्य शाखा उपसंयाेजक शुशिला ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button