तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा लागु औषध सहित तीनजना पक्राउ

सल्यान– जिल्ला प्रहरी कार्यालय सल्यानले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका वडा न ४ सेतीगुरासबाट रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा न ९ झुलाका २० वर्षिय कमल विष्ट मगर, रुकुम आठबिसकोट नगरपालिका वडा न १२ का २२ वर्षिय मान बहादुर गिरी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा न १२ का १८ वर्षिय प्रेम पुन मगरलाई लागु औषधसहित शुक्रबार साँझ पक्राउ गरेको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आरोपी र लागु औषध सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट ८ सय ८४ ग्राम अफिम जस्तो देखिने लागु औषध र बा ३२ प ५२९६ र रा ५ प ५३३२ मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

सेती गुरासमा लागु औषध कारोबार हुदै गरेको गोप्य सूचनाको आधारमा मोटरसाइकलनमा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको खतिवडाको भनाई छ ।

पक्राउ परेका तीनै जनालाई प्रारम्भिक अनुसन्धान गरी हिरासतमा राखी थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button