तपाईँ सुन्दै हुनुहुन्छः

चार्डपर्व लक्षित गरी सिरहामा बजार अनुगमन

लहान – दशैँ  तिहारलाई लक्षित गरी सिरहामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको एक टोलीले अनुगमन गरिरहेको सो कर्यालयका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।
लहानका २४ वटा होटेल , मिर्चैयाका ३ वटा किराना पसललमा अनुगमन गर्दा  प्रयाप्त मात्रामा गुणस्तरहिन र म्याद गुज्रिएको खाद्य पदार्थहरु भेटिएको उनले बताए  ।  भेटिएको गुणस्तरहिन बस्तुहरु स्थानीयबासी ,  प्रहरी प्रशासनको रोहवरमा नस्ट गरिरहेको छु भन्दै म्याद नाघेका बस्तु प्रयोग गरेमा उपभोक्ताको  स्वास्थमा प्रतिकुल असर पार्ने भएकोले सबैलाई सचेत हुन  उनलेे  आग्रह गरे ।
ईलाका प्रशासन कार्यालय लहानका निमित्त प्रमुख भोजराज खतिवडाका अनुसार चाडपर्वको बेला व्यवसायीले  बजारमा सर- सामानको कृतिम अभाव गराई  गुणस्तरहिन बस्तु  प्रयाप्त मात्रामा बेच्ने गरेकोले  म्याद चेक गरि सामान खरिद गर्न सबै उपभोक्ता बर्गमा  आग्रह गरे ।
गुणस्तरहिन सर सामान बेची  उपभोक्ताको स्वास्थसंग खेलवाड गर्ने जुनसुकै व्यापारीलाई कानुनले कदापि छोडन नहुने राष्ट्रिय उपभोक्ता मञ्च सिरहा जिल्ला अध्यक्ष रामानन्द गुप्ताले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button